आज भोलि नेपालीमा लेख्न औधी मन पर्छ | सायद उज्यालोमा कार्यक्रम चलाएको नतिजा होला | जे भएपनि अंग्रेजीमा फाट्ट फुट्ट साथी संग बोल्ने गरेको बानि छाडेर पुरै नेपाली मा बोल्नु को छुटै मज्जा छ कार्यक्रममा | तर अनौठो पनि लाग्छ है प्रस्तोता हुन | आफ्नै रेडियो सहकर्मीबाट खिल्ली नउडेको पक्कै होइन | एउटा रमाइलो उदाहरण हो मेरो ‘निर्णय’ को उचारण | धेरै पटक निर्णय लाइ ‘निंनए’ भनेर कार्यक्रम सकिएपछि हाँसोको पात्र भएको याद गरेर आफै हाँस्छु कहिले काहिँ |
फेरी आजको यो लेख मेरो नेपालीमा खिल्ली उडेको बारेमा चाहिं पक्कै होइन, आज को लेख अलिकति जटिल छ | आज ‘uncertainty’ को बारे लेख्न मन लागिराछ | यसो लेख्न बसेकी थिएँ , फेरी आफै ‘uncertain’ भए के लेख्ने भनेर | के लेख्न त बरु लेखुला, जे भएनी लेख्न रुचाउने मान्छे परे | अर्को ‘uncertainty’ भयो नेपाली कि अंग्रेजी मा लेख्ने ‘मेरो निनए’ गर्न | अचम्म, कति हो ‘जिन्दगीको uncertainty’ ; लेख के मा लेख्ने देखि, के बन्ने सम्म, कुन भाषामा लेख्ने देखी, १० वर्ष मा आफुलाई कहाँ देख्छु सम्म |
म आफुलाई सुल्झेको मान्छे ठान्छु, कहिले काहिँ अत्तालिने बाहेक | सोच्छु ओह्हो ममा त ‘Clear Cut Vision’ पनि छ | एकदमै मन लागेर सुरु गरेको मनोविज्ञान पढाउने जागिर छ, राम्रै पढाई छ आफ्नै, मन परेको विषय मनोविज्ञान मा काम पनि गरिराखेकी छु, सपना देखेको संस्था ‘Psychbigyaan’ पनि खोलेको १ वर्ष हुन लाग्यो, संस्थाले पनि राम्रै काम गरिराखेकोछ, uncertainty चाहिं किन हो कुन्नि !!
सायद हो, आज को एकजना साथीसंग को कुराले |
कुरा गर्दै थियौं , ठ्याकै ‘Personal Mission Statement ‘ के हो भन्ने कुरा आयो, मैले भन्न सकिनँ ; र अहिले यो लेखी रहँदा पनि भन्न सकिराको छैन | म clear cut vision छ भनेर सोच्ने लाइ जिन्दगीको mission statement नै पो थाहा रैनछ , भयो त अब? यो त, लेख्न मन छ, के लेख्ने थाहा छैन जस्तो कुरा भएन र ?
अनि फेरी मनोविज्ञान मा आफै कतै पढेकी थिए ‘How we can cope with uncertainty determines how our life is going to be?’ तेसैले uncertain भैरहन मन लागेन, बरु यसलाई मनन गरेर अगाडी बढ्ने फेरी पनि ‘मेरो निनए’ गरे | यहाँ फेरी सोचे, म जस्तै कहिँ कतै कोहि uncertain त हुनु भाछैन, त्यो बेलामा के गर्ने होला ? र निर्णय गरे एउटा लेख लेख्न, यो पालि आफ्नो सोच मा ‘certainty’ ल्याएर :
पहिलो : यदि कहिले uncertain भयौं भने, सबै भन्दा पहिला गर्नु पर्ने तेस्लाई ‘मनन’ | जब सम्म हामीलाई ‘केहि थाहा छैन है‘ भनेर थाहा हुँदैन , परिबर्तन पक्कै आउँदैन | कति रमाइलो होला थाहा नभाको सिक्ने उत्साहा राख्नु, नभए त सब थाहा छ, जिन्दगीमा uncertain केहि छैन भन्ने मा त के नै चाख होला र ?
दोस्रो: फेरी आशा मात्र राखेर त के नै होला र? त्यसमा काम गर्नुको पनि छुटै मज्जा छ, होइन? आशा र सपनाले पनि धेरै कुरामा uncertainty ल्याउँछ | सोच्नुस त, तपाई आशा मात्र राख्नुहुन्छ जिन्दगीबाट, तर के गर्ने थाहा छैन भने आशा को पोल्टो भरिंदा पनि केहि काम हुंदैन र नैराश्यता बढ्छ, अनि त uncertainty त चुलिने नै भयो| त्यसैले काम थाल्यो भने, uncertainty को पोल्टो खुकुलो हुन्छ र सजिलो हुन्छ, मलाई जस्तै ‘Personal statement बनाउनका लागि’ |
अर्को: जिन्दगि लाइ जटिल त बनाइँराखेका त छैनौं हामीले? आफ्नो मातहतमा नभएको, आफुले control गर्न नसकिने कुरा सोचेर uncertain त भएको छैनौ? सोचौ है ? धेरै पल्ट रोक्न नसकिने समय र छुटाउन नसकिने परिबन्ध ले हामीलाई निराशाको खाडलमा लागिराखेको हुन्छ | सोच्नुस त, तपाइको हातमा नभएको कुराले कहिँ कतै जिन्दगीमा uncertainty त ल्याईराखेको छैन ?
फेरी अर्को जानीराख्न पर्ने कुरो: uncertainty ले पक्कै पनि निराशा र तनाब बढाउँछ, मनोविज्ञानको विधार्थी हो, यो चाही certain भएर भन्न सक्छु | सोच्नुस त अन्तिम पटक तपाइँ तनाब मा किन हुनुहुन्थ्यो? रक्तचाप, शरीर गरुङ्गो कहिलेभएको थियो ? के गरौँ कसो गरौँ कहिले भएको थियो ? सायद uncertain भएर कुनै निर्णय लिन नसकेर त होइन? तेसैले एस्तो येही समस्या परेमा, तनाव घटाउने केहि उपाए अपनाउनु होला | साथीसंग मनको कुरा साट्ने, एक्लै बसेर मनन गर्ने, खेल्ने, दिमाग ताजा गराउने देखि म जस्तै तनावको बेलामा लेख्न मनपराउने भयो भने पनि धेरै फाइदा हुन सक्छ |
र अन्तिम : जुन कुरा भएकै छैन त्यो विषयमा नसोची वर्तमानमा रम्न सकेपनि uncertainty पक्कै कम हुनेछ | १० वर्ष पछि के होला ? जिन्दगीमा के होला ? काममा के होला? भोलि के होला? हामीले अहिले भन्न सक्छौं र? त्यसैले वर्तमानमा रहने गरे पनि uncertainty नामक डर बाट बच्न सकिन्छ | Psychology मा ‘Mindfulness: Being at present’ भनेर एकदमै चर्चित एउटा उपाय छ, जुन uncertainty को अवस्थामा काम लाग्छ |
त्यसैले साथी यदि जिन्दगी | ‘certain’ छ भनेर कहिले सोच्नु भएको भने, त्यो भ्रम हो भनेर बुझ्दा सायद गल्ति नहोला | बर्खाको बेलामा पनि भोली पानी पर्ला कि नपर्ला भन्न नसक्ने हामी, पछी के होला भनेर जिन्दगीको uncertainty संग डराउनु कत्ति को उचित होला, विचार गर्नुहोस त ?
यी थिए म uncertain भएको बेलामा मैले अपनाउने उपाय जस्तै आज | अहिलेसम्म नेपालीमा कि अंग्रेजीमा, कुन विषयमा भनेर uncertain भएको भए, लेखेर पाना पनि भरिन्थिएन होला | यो लेखी रहँदा सम्म मेरो ‘Personal Mission Statement’ अझै पनि uncertain नै छ, तर अन्तिमसम्म आउँदा ‘एउटा निनए’ के गरे भने ‘किन छैन भनेर अनौठो मान्नु भन्दा अब चाहिं के हुन सक्छ भनेर सोच्ने छु’ |
अन्त्यमा, ‘uncertainty’ र ‘निनए’ शब्दको छुट्टै महत्तो छ मेरो जिन्दगीमा, त्यसैले ‘अनिश्चितता’ र धेरै ठाउमा निर्णय भन्न रुचाइंन है |
~~~ धन्यबाद ~~~